बिराटनगर । राती १ बजे देखि बिरामीलाई पिसावमा समस्या देखियो , पिसाव हुनै रोकियो , आफन्तले हतार हतार बिराटनगर स्थित नोवेल अस्पताल लग्यो ।
निजी अस्पताल हो। चाँडो उपचार हुन्छ भनेर नोबल अस्पताल लगेको बिरामीलाई ५ : ३० मा भर्ना गरे । तर अस्पतालको कर्मचारी देखि डाक्टर नर्स र सुरक्षा गार्डहरूको गुण्डागर्दी जस्तो व्यहोरा देखेर बिरामि निराश भए ।
उपचार गर्न बिरामीलाई लिएर समयमा अस्पताल पुगे पनि दुई घण्टा बिति सक्दा पनि कुनै चेकप गरिएन् । गाडी पार्किंग स्थलमा हतार हतारमा गाडी पार्क गर्दा सुरक्षा गार्डले म्याचि**ने जस्ता गाली समेत गरे।
अस्पताल प्रशासनको लापरवाहीका कारण बिरामी छटपटाई रहे। तर कोहीले कुरा सुनेनन् । भन्ने आरोप सेवाग्राहीको रहेको छ।
उल्टै पैसा तिर्ने तर समयमा सेवा नपाएकोले पिडा माथि थप पिडा थपिएको उपचार गराउन गएका बिरामी पिन्टु मेहताले बताए ।
अस्पतालका संचालक नेपाली काँग्रेसका नेता तथा संघिय सासंद सुनिल शर्मा हुन् ।