०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

पालिका अध्यक्ष मेहता सँग प्रत्यक्ष कुराकानी गर्न पाउँदा बिद्यार्थीहरु उत्साहित

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, जेठ ३१, २०८०

अजय मण्डल/नमो अनलाइन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अहिले अध्यक्ष सँग बिद्यार्थी कार्यक्रम चलाइरहेको छ। पालिका भित्र रहेको माध्यमिक विद्यालयहरूमा देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नमो मिडिया ग्रुप एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहकार्यमा संचालन भईरहेको कार्यक्रम निकै प्रभावकारी देखिएको छ।

कार्यक्रममा स्वयं पालिका अध्यक्ष बेचनप्रसाद मेहता उपस्थित हुनेगरेकोले बिद्यार्थीहरु उत्साहित हुँदै आफ्ना कुराहरु राख्ने गरेको पाइएको छ। पालिका अध्यक्ष सँग प्रत्यक्ष भेटघाट गरेर आफ्ना कुराहरू राख्न पाउँदा बिद्यार्थीहरुको मनोवल बढेको छ। बिद्यालयमा भएको समस्याहरु जुन बर्षौ देखी समाधान गरिएन त्यस्ता समस्याहरु अध्यक्ष सँग प्रत्यक्ष राख्न पाइएको हो।

कहिले कुनै जनप्रतिनिधिहरु बिद्यार्थी माझ उपस्थित भई गुनासो नसुनिदिएको, बिद्यालयलाई राजनीतिक थलो मात्रै बनाएकोले निराश भएका बिद्यार्थीहरु अध्यक्ष मेहतालाई आफ्नो माझ उपस्थित देख्दा एउटा अभिभावकको महसुस भएको र आफूहरूले राखेको समस्या चाँडै समाधान हुने विश्वासलिएको बिद्यार्थीहरुले बताउने गरेका छन् ।

बिद्यालयहरुमा शिक्षण सिकाइको लागी आवश्यक पर्ने भौतिक पूर्वाधार देखि पर्याप्त शिक्षक हुँदा समेत असक्षम नेतृत्वले गर्दा शिक्षाको गुणस्तरमा ह्रास आउँदै गरेको देखिएको छ। शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारको भएपनि पुर्व जनप्रतिनिधिहरुले ध्यान दिएको कारण अहिले डमाडोल देखिएको छ। बिद्यालहरुलाई आवश्यक पुर्वाधार र समाग्रीहरु उपलब्ध गराएपनि व्यवस्थापन पक्ष, बिद्यालय प्र. अ. र शिक्षकहरुको लापरबाहीको कारण शिक्षामा सुधार नआएको देखिएको छ।

अहिले सम्म श्री कृष्ण माध्यमिक विद्यालय देवानगञ्ज – ३, जनता माध्यमिक विद्यालय देवानगञ्ज – १, श्री माध्यमिक विद्यालय देवानगञ्ज – २ मा सम्पन्न भएको कार्यक्रममा सहभागी बिद्यार्थीहरुले बिधालयमा राम्रो शौचालयको व्यवस्था नभएको, शुद्ध पिउने पानी उपलब्ध नभएको, समयमा बिद्यालय नलाग्ने गरेको, समयमा कक्षा कोठाभित्र शिक्षक प्रवेश नगर्ने गरेको, स्यानेटरी प्याडको व्यवस्था भए पनि लगाउने ठाउँ र डिस्पोजल गर्ने उचित व्यवस्था नभएको, कम्प्युटर हुँदा पनि नसिकाउने गरेको, विज्ञान प्रयोगशाला हुँदा पनि विषयगत शिक्षकले प्रयोगशालामा कहिले नलगेको, लगायतका समस्याहरु हरेक बिद्यार्थीहरु उठान गरेको देखिएको छ।

गउँपालिकाले बिद्यालयमा चाहिने शिक्षण सिकाईको समाग्रीहरु पुरा गरि रहदा पनि शिक्षकहरुले लापरबाही गरेको प्रति अध्यक्ष मेहताले आफ्नो ध्यान केन्द्रित भएको बताएका छन्। कलिलो बालबालिकाले बिना कलछपट निर्धक्क भएर राखेको समस्याहरु आफुले टिपोट गर्दै गरेको र तत्काल समाधान हुने समस्याहरु समाधान गर्न कडा निर्देशन दिएको र अन्य समस्या समाधानका लागि आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराई बिस्तारै समाधान गर्दै जाने बताएका छन्। बिद्यालयमा हुनेगरेको गतिविधि र समयस्याहरु सिधै मलाई फोनकल गरेर जानकारी गराउन आग्रह समेत गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले कार्यलयमा बसि रहदा आफु बिद्यालयका धेरै समस्याहरूको बारेमा अनभिज्ञ रहेको बताएका छन्। यसरी बिद्यार्थीहरु बिच आएर भलाकुसारी गर्दा धेरै कुराहरूमा ध्यान केन्द्रित भएकोले शिक्षालाई सुधार गर्न अध्यक्ष र शिक्षा अधिकृत सँग समन्वय गरी आवश्यक कार्यक्रमहरू आगामी आर्थिक वर्षमा राखिने बताएका छन्।

शिक्षा अधिकृत जनार्दन प्रसाद मेहताले भने अनुगमनको बेला आएर प्र. अ. र शिक्षकहरुलाई भन्दा पनि अटेर गरिरहेकोले अव कडा निर्देशन दिएर पालना गर्न लगाउने बताएका छन् । शिक्षा शाखाबाट बिद्यालयको लागि ल्याइएको समाग्रीहरु थनकाएर राख्ने गरेकोले अब त्यस्तो गर्न न दिने बताउनुभयो। पालिकाले निर्देश दिए बमोजिम शिक्षकहरुले कामकाज नगरे कारबाही गरिने समेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगन्जआसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै […]

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् । नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क […]

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका […]