हरिनगर । छोराले आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएकी आमाको मृत्यु भएको छ । धरान ११ कुबिर्ता चोक नजिकै महाबिर चोकका २९ वर्षीय दीपक राईले आफ्नी आमा ४६ वर्षीय रोमनसरी राईलाई कुटपिट गरेका थिए ।
हिजो सोमवार राती साढे ८ बजेको समयमा आमा-छोरा बिच झगडा हुँदा गरिएको कुटपिटबाट रोमन्सरी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको क्रममा बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुराएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
छोरा दीपक लागूपदार्थ र मादकपदार्थ सेवन गरी आमालाई कुटपिट गरेको कारण मृत्यु भएको प्रहरीको भनाई छ । दिपकलाई सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई अनुसन्धानका लागि म्याद थप गर्न आज मङ्गलबार सुनसरी जिल्ला अदालत लैजाने तयारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
मृतकका श्रीमान् राम बहादुर राईले छोरा दिपकलाई कर्तव्य ज्यानमा निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजन मिश्रले बताए ।