०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

ठेक्का लागेको सातवर्षपछि भेटियो पुल, बन्नुपर्ने स्थानभन्दा ४ किलोमिटर पर निर्माण हुँदै

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

बर्जु । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत ठेक्का लगाएको एउटा पुल ठेक्का लागेको सात वर्ष पछी निर्माण हुने भनिएको ठाउँ भन्दा ४ किलोमिटर पर भेटिएको छ ।

सुनसरीको बर्जु गाउँपालिकामा ६ करोड १८ लाख रुपिँयाको लागतमा शंकरमाली किरातेश्वर जे।भी। कोटेश्वर काठमाण्डौंसँग २०७४ भदौ १९ गते पुल निर्माण सम्झौता भएको सात वर्षपछि भेटिएको पुल ठेक्का लागेर निर्माण हुने ठाउँ नभएर अर्कै ४ किलोमिटर पर अर्कै ठाउँमा निमार्ण भईरहेको फेला परेको हो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्र्माण आयोजनामार्फत कम्पनीलाई दिएको कार्यादेशमा सुनसरीको साविक अमडुवा वडा नम्बर ५ र ८ को टेंग्रा खोलामाथि बनाउन भनेको थियो । यो हालको बर्जु गाउँपालिका–४ मा पर्दछ ।

तर, पुल भने सुनसरीको साविक अमाहिबेल्ला गाविस वार्ड नम्बर ७ र रामगञ्ज बेलगछिया गाविस ५ स्थित सितागञ्जको पासमन टोलमा निर्माणाधिन चरणमा भेटिएको छ । पुल निर्माण भईरहेको हालको स्थान बर्जु गाउँपालिका वडा नम्बर ५ र २ को मा पर्दछ ।

पुल निर्माणको योजना भने बर्जु गाउँपालिका वडा नम्बर ४ टेंग्रा खोलाका लागि तोकेर आउने गरेको छ । एक स्थानमा निर्माण हुनुपर्ने पुल भने अर्को स्थानमा निर्माण गरेर बजेट दुरुपयोग गरिएको पाइएको छ । पुल निर्माण भईरहेको हालको स्थान बर्जु गाउँपालिका वडा नम्बर ५ र २ को मा पर्दछ ।
बर्जु गाउँपालिका–४ अवडुवा स्थित टेङग्रा खोलामाथि पुल निर्माण भईरहेको र क्रमागत योजना अनुसार बजेट बिनियोजन र भुक्तानी भएको देखिएपछि स्थानीय तहले चासो दिएको थियो । चासो दिने क्रममा अमडुवामा बन्नुपर्ने पुल सीतागञ्जमा बनिरहेको पाइएको हो ।

बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले चालु आर्थिक वर्षका लागि ८९ लाख ३० हजार रुपिँया बजेट बिनियोजन भएको देखिएपछि जुन स्थानका लागि योजना तथा बजेट तोकेर आएको हो, त्यहि स्थानमा निर्माण गर्न मन्त्रालयमा पत्राचार गरिएको बताए ।

गाउँपालिका र स्थानीयले समेत योजना तथा बजेट बिनियोजनमा तोकिएको स्थानमा अब पुल निर्माण हुनुपर्ने माग गरेपछि सडक डिभिजन कार्यालय विराटनगरले स्थलगत अनुगमन गरेको थियो ।

सडक डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले स्थान परिवर्तन गरेर पुल निर्माणको काम भईरहेको फेला परेको बताए । साहले भने ‘निर्माणस्थलमा त्रुटी भेटियो, हामीले त्यसलाई संशोधन गर्नुपर्ने प्रक्रियामा लैजान्छौं’–बजेट निकासा भएर आएको साविक स्थान भन्दा बाहिर पुल बनेको देखिएपछि अब स्थान संशोधन गरेर सुधार्नु बाहेकको बिकल्प छैन ।’

निर्माण कम्पनीले समेत पुलको काममा ढिलाई गर्दै आएको छ । डिभिजन प्रमुख साहले २०७४ भदौदेखि निर्माण प्रारम्भ गर्ने कार्यादेश पाएको पुलको काम ६५ प्रतिशत सकिएको बताए ।

डिभिजन प्रमुख साहले चालु आर्थिक वर्षका लागि बिनियोजित ८९ लाख ३० हजार बजेटमार्फत काम लगाउनका लागि निर्माण कम्पनीसँग बारम्बार सम्पर्क भईरहेको बताए । उनले निर्माण भईरहेको स्थानमा त्यहि पुललाई पूरा गरेर योजना मागिएको र जरुरी रहेको स्थानमा नयाँ योजना समावेश गर्ने विषयमा छलफल भईरहेको बताए ।

निर्माण कम्पनीका प्रतिनिधि अनिल मण्डलले पुलको डिजाइन परिवर्तन गर्नुपर्ने कामले गर्दा गतवर्ष निर्माणको काम नभएको जानकारी दिनुभयो । उहाँले डिपिआर अनुसार ३५ मिटर लम्बाई भनिएपनि फिल्डमा ३६ मिटर हुनुपर्ने देखिएकोले संशोधन गरिएको बताए । पुल निर्माणको काम अब एक हप्ता भित्रबाट सुरु गर्ने बताउँदै मण्डलले त्यसबेला आयोजना कार्यन्वयन गर्ने निकाय र स्थानीय तहले देखाएको स्थानमा बनाएको दावी गरे ।

स्थानीय ओमप्रकाश मेहताले मुख्य सडक छोडेर सहायक सडक जोड्न पुल निर्माण गरिएको दावी गरे । उनले साविक स्थान भन्दा चार किलोमिटर उत्तरमा पुल बनाउनका लागि सम्बन्धित वडाको लेटर प्याड दुरुपयोग गरेर अर्को वडाका अध्यक्षले सिफारिस दिएको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३÷२०७४ मा बजेट बिनियोजन गरेर निर्माणको काम सुरु गरेको थियो ।

पुल निर्माण आयोजना अन्तर्गतका सबै पूर्वाधार आयोजनाहरु अहिले सडक डिभिजन कार्यालय विराटनगर मातहत हस्तान्तरण भएर आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ६ ठाकुरबारी चौक जिराेगुवामा अवस्थित श्री रामजानकी मन्दिरमा नवनिर्मित समुदायक भवनको उद्घाटन सम्पन्न भएको छ। विवाहपञ्चमीको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै उक्त सामुदायिक भवनको उद्घाटन कोशी प्रदेश सभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री रामप्रसाद मेहताले गरेका थिए। कोशी प्रदेश अन्तरगतको शहरी विकास कार्यालय विराटनगरको ३५ लाख लागतमा […]

देवानगञ्ज । लिखित कसुर गरेको आरोपमा पक्राउ परेका सुनसरीको देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादबलाई बिहिबार सार्वजनीक गरेको छ । लिखित कसुर गरेको अधारमा वडा अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ नियन्त्रणमा लिएर बिहिबार सार्वजनीक गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट तिर्थ यात्रा को लागि भारतको अयोध्या, नैमिषारण्य, वृंदावन, चित्रकुट, मथुरा, वनारश, गोकुल र वैजनाथ धाम जान लागेका तिर्थ यात्रीहरूलाई वडा अध्यक्ष हरिनन्दन मेहताले शुभकामनाका साथै सम्मान गर्नुभएको छ । वडा अध्यक्ष मेहताले तिर्थ यात्रीहरुलाई सोमवार देवानगञ्ज गाउँपालिका वडा नं. ६ स्थित रहेको ठाकुरवारी चौकबाट तिर्थ यात्रीहरूलाई शुभकामना दिई […]