१५ पुष २०८१, सोमबार
30-12-2024 , Mon
×

ललिता निवास जग्गा प्रकरणमा सफाइ पाएपछि पूर्वमन्त्री जोशीले दिए धन्यवाद

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका पूर्व मन्त्री चन्द्रदेव जोशीले ६० वर्ष लामो राजनीतिक जीवनप्रति सम्मान भएको महसुस गरेको बताएका छन्।

शुक्रबार जोशीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै यस्तो बताएका हुन्।

‘विशेष अदालतको हिजोको फैसलाबाट आफूले न्याय पाएको अनुभूति गरेको छु। निष्ठा र इमान्दारीपूर्वक निभएको ६० वर्ष लामो राजनीतिक जीवनप्रति पनि सम्मान पाएको महसुस गरेको छु। विशेष अदालत र सबै न्यायमूर्तिहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार वर्षअघि उनलाई बालुवाटारको सरकारी जग्गा (ललिता निवासको जग्गा) व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको थियो।

‘सम्पूर्ण जीवन, सिद्धान्त र इमान्दारीको राजनीति गर्दै आएको हुँ र गरी नै रहने छु। राजनीतिक जीवन होस् वा इन्जिनियरका रूपमा पेशागत जीवन, कुनै पनि क्षेत्रमा इमान्दारी र सादगीपनलाई नै आफ्नो मूल मान्यता मानेर काम गरेको हुँ,’ उनले भने, ‘तर जीवनको उत्तरार्द्धमा आएर लागेको भ्रष्टाचारको यो मिथ्या आरोप सहन निकै मुस्किल थियो।‘

अख्तियारले उनीविरूद्ध ७ करोड ८ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोग लगाएको थियो। उनलाई ११ देखि १३ वर्षसम्म कैद सजाय हुनुपर्ने माग पनि अख्तियारको थियो।

बिहीबार विशेष अदालतले भने उनलाई उक्त अभियोगबाट सफाइ दिएको छ। उनले तलबाट आएको फाइल मन्त्रिपरिषदमा पेश गर्न स्वीकृतिसम्म दिएको र त्यसमा कुनै बदनियत नदेखिएको भन्दै विशेषले सफाइ दिएको हो।

जोशीले अदालत, आफ्ना वकिलहरू र मुस्किल समयमा साथ दिने शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]