०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

शिक्षा क्षेत्रको समग्र सुधारका लागि विराटनगरमा विद्यार्थीहरुको दबाब यात्रा

Logo
मोहन ढकाल प्रकाशित शुक्रबार, माघ २६, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले विराटनगरमा विद्यार्थी दबाब यात्रा निकालेको छ । परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विद्यार्थी दबाब यात्रा निकालेको हो ।

दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्रको भविष्य सुन्दर हुने आशा जगाएको परिषद्की कोशी प्रदेश सह–सचिव मुन बिष्टले बताइन् । उनले नैतिक शिक्षा लागू गरी युवा विद्यार्थीहरूमा स्वदेश प्रेम बढाई राष्ट्र निर्माणमा योगदान दिने जनशक्ति तयार गर्न विशेष प्रयास गर्नुपर्ने बताइन् ।

विद्यार्थी दबाब यात्रालाई सम्बोधन गर्दै परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाको आधारमा गरिने परिपाटीको अन्त्य हुनुपर्ने बताए । यहि कारणले शिक्षाक्षेत्र धारासायी भएको पनि उनले बताए ।

उनले शिक्षाक्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्ने, प्रवेश, परीक्षा, परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवम् पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने उल्लेख गरे । माध्यमिक तहको शिक्षा अनिवार्यरूपमा निःशुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने बताए । यस्तै क्याम्पस, विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपर्ने उनको भनाइ थियो ।

यसैगरी विद्यार्थी परिषद्का राष्ट्रिय सचिव विवस कटुवालले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीका छोराछोरी पनि सरकारी विद्यालयमा पढाउनु पर्ने बताए ।

ट्राफिक चोकबाट सुरु भएको विद्यार्थी दबाब यात्रालाई महानगरको विभिन्न ठाउँको परिक्रमा गराउँदै महेन्द्र चोकमा समापन गरिएको थियो ।

दबाब यात्रामा विराटनगरका १४ वटा शैक्षिक संस्थाका विद्यार्थीसहित परिषद्का कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगन्जआसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै […]

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् । नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क […]

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका […]