०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

शिक्षासंगै खेल पनि महत्वपुर्ण : प्रमुख भण्डारी

Logo
अजित झा प्रकाशित मंगलबार, माघ २३, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शिक्षासंगै बालबालिकाका लागि खेल पनि महत्वपूर्ण बिषय भएको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको आयोजनामा आजबाट सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता २०८० को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले सो कुरा बताउनुभएको हो । आफ्नो पहिचान, प्रतिष्ठा बनाउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि शिक्षासंगै खेल पनि महत्पूर्ण रहेको बताउनुभयो ।

देशको अवस्था धरै सुद्धिढ हुदै गएको बेलामा शिक्षा, स्वास्थ्य तथा खेलकुदको अवस्था समेत सुदृढ हुदै गएको उहाँले बताउनुभयो । पढाईले मात्र नपुगने भएकालृे खेल क्षेत्रमा समेत बालबालिकालाई अगाडि बढनका लागि आग्रह गर्नुभयो । उहाँले शुक्रबारका दिन अनिवार्य रुपमा बिद्यालयमा खेलकुद गराउनका लागि आग्रह गर्नुभयो । उहाँले शिक्षासंगै खेलकुद क्षेत्रमा इनरुवा नगरपालिकाले बिषेश बजेटको व्यवस्था गरेर अगाडि बढाउने सोचका साथ नगरपालिकाले अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिका क्षेत्रमा रहेका निजि तथा सामुदायिक बिद्यालयका माबिमा अध्यनरत बालबालिकाले भाग लिएका छन् । ३ दिन सम्म हुने प्रतियोगीतमा भलिवल, कवडी, एथ्लेटिक्स लगायतका खेल हुने इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागी भएका मध्यै उत्कृष्ट भएकालाई जिल्ला स्तरीय खेलका लागि छनौट गर्नेछ । उदघाटन कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख भण्डारीसंगै, उपप्रमुख बिनिताकुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयल, बिद्यालयका प्रधानाध्यापक, शिक्षक, सुरक्षाकर्मी संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]