०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

सरकारले प्रतिबन्ध लगाएको इराकमा चाेरबाटाे हुदै पुगे २० हजार नेपाली

Logo
रासस प्रकाशित बिहिबार, माघ १८, २०८०

तस्विर : फाईल

काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुगेका नेपाली कामदार समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नुपरेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार सरकारले प्रतिबन्ध लगाए पनि हजारौं नेपाली महिला मानव तस्करको जालोमा परेर भारतको बाटो हुँदै इराक पुग्ने गरेका छन् । गैरकानुनी रूपमा इराक पुगे पनि त्यहाँ पुगेपछि भने कानुनी रूपमै बसोबास गर्न पाउँछन् ।

‘यहाँ आउने त सबै गैरकानुनी रूपमै हो, तर यहाँ आइतपुगेपछि कानुनी रूपमै बसेका हुन्छन्,’ अध्यक्ष श्रेष्ठले इराकबाट राजधानीसँग भने, ‘गैरकानुनी बाटो हुँदै यहाँ आउने नेपाली महिला कामदारलाई बिरामी हुँदा भने औषधि उपचार गर्न समस्या हुने गर्छ ।’ श्रेष्ठका अनुसार इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् ।

सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनहरूले बताउने गरेका छन् । दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । गैरकानुनी बाटोबाट विदेश पठाउनेक्रम बढ्दा मानव तस्करहरू भने मालामाल बनिरहेका छन् ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरिएको छ ।

श्रमिकको सारथी बन्दै एनआरएनए इराक

इराक पुगेर समस्यामा परेका हरेक नेपालीको दुःखमा एनआरएनएनले सहयोग गर्दै आएको छ । गत १२ जनवरीमा इलामको माई गाउँपालिका–८ कलकत्तेकी चेली सम्झना लिम्बुलाई लगातार नौ महिनाको प्रयासपछि एनआरएनए इराक बग्दादमा रहेका सदस्य टीका विश्वकर्माको पहल र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठको समन्वयमा उद्धार गरी नेपाल फर्काइएको थियो ।

बग्दादमा घरायसी कामदारका रूपमा कार्यरत उनले सहयोगको याचना गरेपछि उद्धार गरिएको थियो । गैरकानुनी बाटो हुँदै १ वर्षअघि उनी इराक पुगेकी थिइन् । सुरुमा दुबई पुगेकी उनलाई पछि एजेन्टले इराक पु¥याएका थिए । यसैगरी, केही दिनअघि मात्र रोजगारीको सिलसिलामा इराक पुगेर बिरामी परेका पोखराका रामबहादुर गुरुङलाई पनि उद्धार गरेर नेपाल फर्काइएको छ ।

यस्तै, मोरङको बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा निधन भएको थियो । उनको श्रम स्वीकृति नहुँदा शव अलपत्र परेपछि एनआरएनएले शव पठाउन लाग्ने आवश्यक खर्च जुटाउन आर्थिक अभियान सञ्चालन गरिरहेको उनले बताए ।

यस्तै, सात महिनाअघि कुर्दिस्तान सुलेमानीमा कामको सिलसिलामा पुगेकी नेपाली चेली अनिता पाइजाको पनि उद्धार गरिएको छ । उनलाई त्यहाँ पु¥याउने एजेन्टसँग समन्वय गरी एनआरएनएले नेपाल फर्काइसकेको छ ।आजकाे राजधानी दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]