०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

ज्ञानेन्द्र शाह कुशको राजा थिए : ओली

Logo
रासस प्रकाशित आइतबार, माघ १४, २०८०

तस्बिर : ओलीको सचिवालय

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन्।

‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’

दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताए।

‘त्यसबेला पनि छानबिन गरिएको हो। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो- त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैं छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्‍यौं,’ ओलीले भने।

दरबार हत्याकाण्ड राजनीतिक दलहरूले नगरेको उनले बताए।

‘नेपालीहरूले विवेक गुमाउनु हुन्न। विचरा दीपेन्द्र! दीपेन्द्रले आफैं मरेर मरिसकेपछि हान्यो?,’ ओलीले प्रश्न गरे, ‘एउटा राजा हुन लागेको मानिस त्यसरी मर्छ? अनि उसले अगाडि र पछाडीबाट गोली हान्छ? चार राइफल र एउटा पेस्तोल एकै जनाले बोकेर कुद्छ? यस्तो कुरा पनि पत्याएर हिँड्ने?’

२०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको थियो।

दरबार हत्याकाण्ड एउटा भयानक षड्यन्त्र रहेको पनि ओलीले बताए।

‘राजाको जेठो छोरो राजा हुन्छ। तर जेठो त के कान्छो र छोरी नै मारिइसकेपछि राजतन्त्र समाप्त भयो,’ उनले भने, ‘त्यतिबेलाको सरकारको कमजोरी हो- अलि समय राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई सजाउने काम भयो।’

पूर्वराजा शाहले शनिबार वीरगञ्जमा भएको कार्यक्रममा ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे बोलेका थिए।

‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो,’ पूर्वराजा शाहले भनेका थिए।

आफूहरूलाई त्यसबेला घातक प्रहार भएको पूर्वराजा शाहले बताए।

‘सत्य सधैं सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन,’ उनले भने, ‘हाम्रामाझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’

पुख्यौली दरबारबाट बाहिरिँदा आफूले नेपालमै बस्ने र मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउने बताएको उनले स्मरण गरे। पूर्वराजा शाहले गरेको यस्तो अभिव्यक्तिलाई लिएर एमाले अध्यक्ष ओलीले आइतबार ज्ञानेन्द्र कुशका मात्र राजा रहेको प्रतिक्रिया दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सनातन जगतका अनेक ग्रन्थहरूमा भगवान् श्रीरामको सम्पूर्ण जीवन वृत्तान्त भेटिन्छ । रामायणहरू पनि अनेक छन् । अनेक पुराण श्रीरामको आख्यान, उपाख्यान र कथाहरूले भरिएको छ । नेपालका आदिकवि भानुभक्तले संस्कृत रामायणको खस भाषामा अनुवाद गरेका छन् । श्रीराम एक लोकप्रिय आराध्य देवताको रूपमा प्रतिष्ठित छन् । रामायण पाठ हिन्दु धर्मावलम्बीहरू श्रद्धापूर्वक गर्दछन् । श्रीमद्भागवत महापुराणमा […]

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वी नेपालको जङ्गली क्षेत्रमा सात दिने हात्तीमैत्री पदयात्रा सम्पन्न गरेका छन् । यो पदयात्रा विविध कारणले महत्त्वपूर्ण, चर्चित र अलिकति विवादास्पद समेत बनेको छ । त्यसो त, समाजमा एक थरी समूह पुरातन कालदेखि नै विरोध र विवादका लागि तयार छ । जसले जे गरे पनि वा नगरे पनि त्यस समूहको […]

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए । बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।।’ (भूपि शेरचन) २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानियाँ राणाशासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते हामीले प्रजातन्त्र दिवस मनाउँछौँ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरूकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ आएको […]