०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

कोभिडको ‘ग्याप’ कम गर्न आपुरण र द्रुत सिकाइ योजना बर्जुमा संचालन

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, माघ १२, २०८०

तस्विर : नमो अनलाईन

बर्जु । सुनसरीको बर्जु गाउँपालिकाले कोरोना भाइरस महामारीको समयमा शिक्षामा भएको ‘ग्याप’ कम गर्न आपुरण र द्रुत सिकाइ योजना थालेको छ ।

बर्जुका सामुदायिक विद्यालयका आधारभूत तह तथा माध्यमिक तहका शिक्षकको लागि दुई दिने आपुरण तथा द्रुत सिकाइ योजना बिहीबारबाट थालिएको हो ।

कोरोना महामारीका बेलामा पढाइमा आएको अन्तर कम गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रम गरिएको बर्जु गाउँपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम कार्कीले जानकारी दिए ।

२७ वटा सामुदायिक विद्यालयका शिक्षकहरूलाई सहभागी गरेर थालिएको कार्यक्रमको शुक्रबार समापन गरिँदै छ ।

खासगरी कोभिड–१९ लगायतका कारण शिक्षामा आइपरेका विभिन्न संकट र त्यसबाट परेका असरलाई कसरी रोकथाम गर्न सकिन्छ भनेर सिकाइएको कार्कीको भनाइ छ । यस्ता तालिमबाट शिक्षकले उत्प्रेरणा पाउने पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगन्जआसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै […]

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् । नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क […]

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका […]