०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

शैक्षिक सुधार अभियानमा लागेका गिरी वि. वय. स. मा सर्व सम्मत चयन

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, पुष २७, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० स्थित रहेको श्री नारायण आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा समाजिक अभियन्ता अभिषेक गिरि सर्वसम्मत चयन भएका छन् ।

पछिल्लो समय बिभिन्न अभियानमा लागेर समाज सेवामा सक्रिय रहेका गिरि बिहीबार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् ।

धेरै दिन देखि व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा गिरीको प्रवेश पछि समिति गठन हुन् सम्भव भएको शिक्षकहरुले बताएका छन् ।

 

व्यवस्थापन समिति नहुँदा उत्पन्न कठिनाइ हटाएर गिरि नेतृत्वको समितिले शैक्षिक गुणस्तर सुधारमा निकै सहयोग पुग्ने कुरामा आफु विश्वस्त रहेको विद्यालयका प्रधानाध्यापक राम भट्टराईले बताउनु भयो ।

यता गिरि आफु सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने अभियान चलाई रहेकोले यस विद्यालयको जिम्मेवारी झन शैक्षिक गुणस्तर सुधारमा कुनै कसर नछोड्ने प्रतिबद्धता जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगन्जआसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै […]

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् । नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क […]

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका […]