देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ६ को वीपी आधारभुत विद्यालयले आफ्नो बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले वर्षभरी गरेको कार्यक्रम, उपल्बधीहरु र देखिएका चुनौती तथा अगामि दिनमा चाल्नुपर्ने कदमको विषयमा सार्वजनिकिकरण सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयले आर्थिक आयव्यय सहित सामाजिक लेखाजोखा सहितको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको प्रधानाध्यापक ब्रहमदेव मेहताले जानकारी दिनुभयो ।
वडा अध्यक्ष हरिनन्दन मेहताको अध्यक्षतामा सम्पन्न भएको सामाजिक परीक्षण कार्यक्रममा देवनागञ्ज शिक्षा शाखा प्रमुख राजकुमार मेहता सहित सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पत्रकार जयकृष्ण यादवले सामाजिक परीक्षण कार्यक्रम समुदायलाई विद्यालयसंग जोड्ने माध्यम र सुशासनको सुचक समेत भएको बताउनुभयो । यादवले विद्यालयले गरेको कार्यक्रम र शैक्षिक गुणस्तरका लागि खेलेको योगदानको प्रसंसा गर्नुभयो ।