काठमाडौँ । मंगलबार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा ३७९ यात्रुहरू रहेका थिए । उनीहरूलाई मंगलबार नै विमानबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।
जापान कोस्ट गार्डको विमानमा सवार ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको मृत्यु भएको पुष्टि भएको हो । पहिला नै भाग्न सफल भएका क्याप्टेन भने गम्भीर घाइते भएका छन् । कोस्ट गार्डका प्रवक्ता योशिनोरी यानागिशिमाले यसअघि जापान एयरलाइन्सको विमान र यसको उडान एमए–७२२, बम्बार्डियर ड्यास–८ बीच ठोक्किएको पुष्टि गरे । आपसमा ठोक्किएसँगै दुवै विमानमा आगो लागेको थियो ।