०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

२ अर्ब लगानीमा खुल्यो पाँचतारे होटेल ‘सोल्टी वेस्टेन्ड इटहरी’

Logo
नमो अनलाईन प्रकाशित बुधबार, जेठ ०३, २०८०

देवानगञ्ज । इटहरीमा पहिलो पटक पाँच तारे होटेल “सोल्टी वेस्टेन्ड इटहरी” खुलेको छ । अर्थतन्त्र सङ्कटमा रहेको विश्लेषण आइरहेको बेला पूर्वी नेपालमा पहिलो पटक सोल्टीको सेवा सुरु भएको हो।

 

भूकम्प, नाकाबन्दी र कोरोना महामारी पछि शिथिल भएको पूर्वको बजारलाई ऊर्जा दिन सोल्टीले सेवा सुरु गरेको बताइएको छ । इटहरीको धरान लाइनमा अवस्थित होटेल गरिमा होटेल प्राइभेट लिमिटेडको स्वामित्वमा सञ्चालन भएको हो ।

मङलबार पत्रकार सम्मेलन गर्दै बुधवार होटेलको औपचारिक उद्घाटन गर्न लागिएको जानकारी गराइएको हो । २०७२ सालदेखि गरिमाको नाममा निर्माण सुरु भएको होटेललाई नेपालकै पुरानो पाँचतारे होटेल सोल्टीले व्यवस्थापनको जिम्मा लिएको छ ।

 

गरिमा होटेल प्रालिका अध्यक्ष भीम बहादुर पौडेलले इटहरीको व्यावसायिक र आर्थिक गतिविधि विकासमा होटेलको महत्त्वपूर्ण भूमिका रहने बताए । पौडेलका अनुसार २ अर्ब हाराहारीमा लगानी भएको र दुई सय जनाले रोजगारी पाउने भएका छन् ।

 

सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले इटहरीले अब अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजर पाएको बताए । सोल्टीको ६५ वर्ष लामो हस्पिटालिटीको अनुभवले व्यवस्थापनमा कुनै कमी हुन नदिने बाचा गरे ।

 

होटेलमा ८० वटा रुम, स्वीमिङपुल, स्पा, कार्यक्रम तथा सेमिनार हल, फिटनेस सेन्टर लगायतका सुविधा उपलब्ध छ ।

 

होटेलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको छ। कोसी प्रदेशको तेस्रो पाँचतारे होटेलको रूपमा रहेको सोल्टीले विदेशी पर्यटकलाई केन्द्रित गरेको छ ।

कपुरी न्यूज बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]