०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

रास्वपाको ३ दिन सम्म चल्ने बैठक जलेश्वरमा सुरु, यस्तो छ कार्यतालिका

Logo
नमो अनलाईन प्रकाशित सोमबार, मंसिर ११, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ । सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए ।

पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा बृहत बैठक हो । बैठकको प्रारम्भमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका छन् । महामन्त्रीपछि प्रदेशका सभापतिहरुले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार नै केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभागका प्रमुख डा. भरतमणि देवकोटाले पेश गर्ने कार्यसूची छ ।

सोमबार नै पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ । त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन् भने आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन् ।

संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । रास्वपाको नीति विचार प्रतिनिधि मण्डलको बैठक पनि सोमबार साँझ बस्ने तय भएको छ ।

मंगलबार विहान केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक पनि बस्नेछ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भने विहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिबारे एक प्रतिवेदन पेश गर्नेछन् ।

मंगलबार नै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ । महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटीले महाधिवेशनको कार्यविधि र प्रक्रियासहितको प्रतिवेदन मंगलबार पेश गर्नेछन् । मंगलबार नीति विचार प्रतिनिधिमण्डलको बैठक पनि बस्नेछ ।

तेस्रो दिन बुधबार विहान ७ बजे सुरु हुने बैठक १२:३० मा सक्ने कार्यतालिका छ । महाधिवेशन कार्यविधि तथा प्रक्रियामाथि दुई घण्टाभित्र सहभागीहरुले धारणा राख्नेछन् । त्यसलगत्तै, नीति र विचारमाथि बोल्नका लागि एक घण्टाको समय छुट्याइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]