हरिनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उप(महानगरपालिका-६ का २३ बर्षीय मन कुमार बिश्वकर्मा रहेका छन् ।
सोमबार दिउँसो ४ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिश्वकर्माको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ९० मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।